ताजा अपडेट »

ठूलो लुम्पेकमा दुर्घटना भई ज्यान गुमाएकाहरुप्रति माओवादी नेता बरालद्वारा शोक व्यक्त

मंगलबार, १३ मंसिर २०७९, १६ : २८
9 Shares

गुल्मी । नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केही दिन अघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मी ठूलोलुम्पेक गाउँ पुगेर शोक ब्यक्त गरेका छन् । माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता बरालले शोक ब्यक्त गरेका हुन ।

सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकको कुटडाँडामा मंंसिर ७ गते राती जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । ४ जना घम्भिर घाइते भएका थिए । दुर्घटनामा परी समाज सेवी ५१ वर्षीय झलकमान सोमै, उनकी ४३ वर्षीया श्रीमति जमुना सोमै, स्थानीय ४७ वर्षीय रनबहादुर सिंजाली, ५५ वर्षीय टिकारामा राहदी र २८ वर्षीय मिलन तरामुको मृत्यु् भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।