ताजा अपडेट »

आज नेप्से सुचकमा ०.१५ प्रतिशतले वृद्धि

मंगलबार, १३ मंसिर २०७९, १५ : ३०
40 Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंलबार २५ लाख ८९ हजार बढीको कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । साथै, ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ । 

त्यस्तै, धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाको कारोबार भएको र नविल बैंकमा भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाको कारोबार भएको छ ।
मंग्लबार विकास बैंक, फाइनान्स, हाइड्रो पावर, जिवन बिमा, माइक्रो फाइनान्स, अन्य र म्युचुअल फण्ड  कम्पनीहरुमा वृद्धि भएको छ । यस्तै अरु कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।