ताजा अपडेट »

इरान प्रदर्शनः ३०० भन्दा बढीको मृत्यु

मंगलबार, १३ मंसिर २०७९, १४ : ५७
18 Shares

तेहरान । इरानमा सेप्टेम्बर १६ मा नैतिकता प्रहरीको हिरासतमा एक युवतीको मृत्युसँगै  भड्किएको विरोध प्रदर्शनपछि अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको रेभोलुसनरी गार्डका एक जनरलले मंगलबार बताए ।

‘महिलाको मृत्युबाट देशका सबैजना प्रभावित भएका छन् । मसँग पछिल्लो तथ्यांक छैन ।  तर मलाई लाग्छ यो घटनापछि बालबालिकासहित ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ ’, गार्ड्सको एयरोस्पेस डिभिजनका प्रमुख ब्रिगेडियर जनरल अमिराली हाजिजादेहले भने । 
मृत्यु हुनेमा सेना, प्रहरी र मिलिसिया पनि छन् । ओस्लोस्थित इरान ह्यमुन राइट्सले इरान प्रदर्शनमा ४१६ जना मारिएको यसअघि नै जनाएको छ। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।