ताजा अपडेट »

कुकुरले बन्दुकमा किच्दा मालिकको मृत्यु

मंगलबार, १३ मंसिर २०७९, १३ : ५०
8 Shares

अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट  गोली चल्दा  मृत्यु भएकाे छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो । साम्सुन प्रान्तमा  साथीसँग शिकार गर्न गएको बेला किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका थिए । 

आफ्नो कुकुरलाई कारमा हाल्ने क्रममा जनावरको पन्जाले लोड गरिएको हतियारलाई छोयो र राइफलले गेभ्रेकोग्लुलाई छोटो दूरीबाट फायर गरेको थियो । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो जहाँ अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।गेभ्रेकोग्लुको शवलाई अलाकम स्टेट अस्पतालको शवगृहमा राखिएको र उनको मृत्यु बारेमा थप अनुसन्धान भइरहेको छ ।

घटनाको १० दिनअघि मात्रै उनी बुबा बनेका थिए । गेभ्रेकोग्लुले पहिले अन्य शिकार यात्राहरूमा धेरै कुकुरहरूसँग सोशल मिडियामा तस्बिरहरू पोस्ट गरिसकेका डेली मेलले रिपोर्ट गरेको छ ।  घटनाबारे प्रहरी र अभियोजनकर्ताले अनुसन्धान गरेका छन् ।-एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।