ताजा अपडेट »

आहा रारा गोल्डकपलाई फेरि १० वर्ष हिमश्री फुड्सले सघाउने

मंगलबार, १३ मंसिर २०७९, ११ : ०९
6 Shares

पोखरा । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता आहा रारा गोल्डकपलाई हिमश्री फुड्सले पुनः १० वर्ष सहयोग गर्ने गरी सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच २०८८ सम्मको प्रतियोगिताका लागि करार सम्झौता गरिएको हो । 

हिमश्री फुड्सले नै प्रायोजन गरेपछि तत्कालीन क्याराभान कपलाई आहा रारा गोल्डकप नामाकरण गरिएको हो । यसअघि २० वर्षसम्म आहा राराको नामबाट प्रतियोगिता सम्पन्न भएको छ । हिमश्री फुड्सले पहिलो १० वर्ष र दोश्रो १० वर्षको सम्झौता गरेको थियो । 

नयाँ सम्झौताअनुसार हिमश्रीले वार्षिक रुपमा आगामी पहिलो ३ वर्ष १८ लाख, दोश्रो ३ वर्ष २१ लाख, तेश्रो ३ वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँका दरले दिने छ । त्यस्तै प्रतियोगिताको व्यवस्थापकीय कामका लागि अतिरिक्त आन्तरीक खर्च बापत पहिलो प्रत्येक ३ वर्ष एकमुष्ठ ४ लाख ५० हजार, दोश्रो प्रत्येक ३ वर्षमा ५ लाख २५ हजार, तेश्रो प्रत्येक ३ वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख प्रदान गर्ने छ। 

स्व. सूर्यबहादुर केसी र उनका परिवारले सहारा क्लवले नै संचालन गरेको सहारा एकेडेमीलाई पनि आर्थिक सहयोग गरेको छ । उक्त एकेडेमीको नाम पनि स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीमा राखिएको छ । उक्त एकेडेमीलाई सन्चालन गर्न केसी परिवारले १० वर्षसम्म वार्षिक रुपमा १५ लाखका दरले सहयोग गर्ने सम्झौता भएको छ । गत २ वर्षको ३० लाख क्लवले प्राप्त गरिसकेको अध्यक्ष हरिराम गुरुङ (सुरज)ले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।