ताजा अपडेट »

पहाडमा बढ्दाे बसाइँसराइ, थाेत्रिँदै घर र बाँझिदै खेतबारी

सोमबार, १२ मंसिर २०७९, १७ : २४
39 Shares

गुल्मी । रुँदै जान्छु भाेली
काहाँ सुनौली याे बाेली

वास्यवमै रुरुक्षेत्र गाउँपालिका भित्रका वडा हरुबाट वसाई सराईकाे अवस्था यसरी बढेकाे छ कि हरेक आज र भाेली रुँदै गाउँ छाडेर वसाई जानेहरुकाे लर्काे छ । गाउँहरु करिब रित्ता छन ।रुरुक्षेत्र १ काे च्यूरेक गाउँमा पचास प्रतिशत वासिन्दाहरुका घरका ढाेकामा ताला झुण्डिएका छन , बलेनि ,आँगनममा लेउ लागेकाे छ । घर वरिपरि झारले ढाकेकाे छ , गाेठ कट्कुराे ,उरिम सबै भत्केर खण्डहर भएका छन ।

यहि च्यूरेककाे बिचबाट सालबिसाउना झ्वाँले स्यालपाेखरिु सडककाे ग्रयाभलिँगकाे काम करिब सकिएकाे छ ।बाटाघाटा आगन आँगनमा पुगेका छन। एकघर एक धाराकाे काम जाेडताेडले भएकाे छ ,बिजुली घरघरमा पुगेकाे छ अनेक विकास आयाेजनाहरुका लागि बजेट विनियोजन भएका खवर नेताहरुले सुनाउँदै हिँड्छन तर के अर्थ गाउँ रित्तिएपछि विकास काे ? यहि वडाकाे भट्कुवा गाउँमा पनि वसाई जानेहरुकाे ताँति छ , काे कतिबेला जान्छ भन्ने थाहा नै हुँदैन ।
सबै घर खालि छन केही महिना अगाडि तिलारका रामजी ज्ञवालीकाे पतिवार र नेटेका धनकुमारी खनालकाे परिवार वसाई सरे हरेक दुई तीन महिनाकाे अन्तरमा एकदुई परिवार वसाई सरेर सहरतिर गएकै छन गाउँ रित्तिँदै छ भट्कुवाका लक्ष्मण खनालले भने ।

यहि भट्कुवा हाे कुनै बेला डेढघण्टाकाे उकालाे चढेर गाउँ पुग्नु पर्थ्याे ।यतिबेला एक्लेपिपल सालिपाेखरी ,फलाँटे रह सालिपाेखरी डाँडिपाेखरी ,वर्दिवास मकवादि रह सालिपाेखरी सडक बनेपछि जताततै बाट गाउँ पुग्न सकिन्छ ।कुनै बेला एकघण्टाकाे दुरीबाट पानी बाेकेर ल्याउनु पर्ने ठाउँमा यतिबेला एकघर एकधाराकाे व्यवस्था गाउँमा छ तर उपभाेग गर्ने मान्छे साह्रै कम छ । वसाई सराईकाे समस्या विकराल छ , घाेषित त तथ्यांकले देखाउँछ तर वसाई सराई नलिईकन जानेहरुकाे सँख्या पनि उत्तिकै छ रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सचिव रामप्रसाद ज्ञवालीले भने ।

यहाँसम्म कि आफ्नो वसाई सराई छाेराले लिएर गएकाे बा आमालाई थाहा छैन ,वसाई सराईपछि लगत कट्टा हुन्छ ,ती आमा बा काे लगत कट्टा भएपछि सामाजिक सुरक्षा भत्ता पनि जहाँ गएकाे हाे त्यता सर्छ तर ती बा आमा हरुले सामाजिक सुरक्षा भत्ता माग्न आउँदा हामीले के भन्ने ,कम्तीमा बा आमाहरुलाई बसाई सराई लगेकाे त थाहादिन पर्याेनि वडासचिव ज्ञवाली भन्छन । रुरुक्षेत्र गाउँपालिका बाट वडागत तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९मा वडा न १ रुरु बाट ३ परिवारका १३ जना वसाई सराई गरेर आएका छन भने जानेकाे सँख्या २३ परिवारका ८३ जना रहेका छन ।

यसैगरी वडा न २ ग्वादी मा आउनेमा १ परिवारका १ जना र जानेमा ३१ परिवारका ९६ जना ,वडा न ३ थानपतिमा आउने ३ परिवारका ९ जना र जानेमा २४ परिवारका ७८ जना ,वडा न ४ बलेटक्सारमा आउनेमा ४ परिवारका १७ जना र जानेमा २४ परिवारका ८४ जना ,वडा न ५ बम्घामा आउने २ परिवारका ७ जना र जानेमा २१ परिवारका ८० जना र वडा न ६ रिमुवामा आउनेमा ४ परिवारका २१ जना र जानेमा १४ परिवारका ५९ जना रहेका छन । याे तथ्यांकले बसाइँसराइकाे समस्या भयवह छ र यहि अनुपातमा बसाइँसराइ भयाे भने गाउँ रित्तिँदै जाने र पछिल्लो पुस्ताले आफ्नो पुर्खाकाे थातथलाेकाे नामै थाहा नपाउने हुनसक्छ ।

तर राज्य हाेस या स्थानीय तह बसाइँसराइ राेक्ने ठाेस उपाय ल्याउन असफल देखिएकाे छ । पालिका सँग गाउँमा मान्छे अड्यारे राख्ने कुनै याेजना छैन , न उधमशिलता छ न स्वराेजगारका कुनै याेजना छन । विकासका कराेडौँ बजेट रित्ता वस्तिहरुमा बिनियाेजन गर्नु भन्दा त्याे बजेटलाई गाउँमै राेजगारका अवसर हरु सिर्जना गर्न लगाउँदा उपयुक्त हुन्छ अन्यथा रित्ता गाउँमा भौतिक विकासकाे कुनै अर्थ देखिँदैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।