ताजा अपडेट »

पश्चिम नवलपरासीमा समानुपातिक तर्फ नेपाली कांग्रेसलाई सबैभन्दा बढि मत

आइतबार, ११ मंसिर २०७९, २१ : ५६
38 Shares

परासी। पश्चिम नवलपरासीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । प्राप्त परिणाम अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ नेपाली काग्रेसले सबैभन्दा बढि मत प्राप्त गरेको छ ।

जिल्लाका दुई ओटा संघिय निर्वाचन क्षेत्रबाट काग्रेसले कुल ३९ हजार १ सय २६ मत प्राप्त गरेको छ । देशैभरमा सबैभन्दा बढि समानुपातिक मत ल्याउने नेकपा एमाले पश्चिम नवलपरासीमा भने दोस्रो स्थानमा छ । कुनै पनि क्षेत्रमा विजयी हासिल गर्न नसकेको एमालेको सुर्य चिन्हमा समानुपातिक तर्फ काग्रेसलाई भन्दा ११ हजार २ सय ८७ मत कम परेको छ ।

एमालेले कुल २७ हजार ८ सय ३९ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिले २४ हजार ५ सय ६ मत प्राप्त गर्दे जिल्लामा तेस्रो लोकप्रिय पार्टी बन्न सफल भएको छ । चौथो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ । उस्को घण्टी चुनाव चिन्हमा कुल २१ हजार ३ सय ९५ मत परेको छ । यस्तै मधेसवादी शक्तिको रुपमा दाबी गर्दे आएका अन्य पार्टीलाई पछि पार्दे पाँचौ स्थानमा जनमत पार्टी छ ।

जनमतले १२ हजार ३ सय ४२ मत प्राप्त गरि समानुपातिक तर्फ जिल्लामा छैठौँ स्थानमा रहदा ढकिया चुनाव चिन्ह रहेको नागरिक उन्मुक्ति पार्टीले ९ हजार ७ सय २३ मत ल्याएर सातौँ स्थानमा छ । नेकपा माओवादी केन्द्रको जनमत जिल्लामा कमजोर देखिएको छ । माओवादीका लागी समानुपातिक तर्फ जम्मा ६ हजार १ सय ३२ मत परेको छ । जुन जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रीक समाजवादी पार्टी लोसपाको भन्दा पनि कम हो ।

जिल्लाका दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट जसपाले ६ हजार ६ सय ८६ मत ल्याएको जस्मा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपालाई जम्मा २ सय ६९ मत मात्रै समानुपातिक तर्फ प्राप्त भएको छ । यसैगरी लोसपाले कुल ६ हजार ३ सय ७४ मत पाएको छ जस्मा निर्वाचन क्षेत्र नम्बर १ बाट जम्मा ५८ मत परेको छ । यसैगरी हृदयस त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी ९जप्रपा०ले ४ हजार ५२ मत प्राप्त गरेको छ ।

जिल्लामा सबैभन्दा कमजोर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी छ । सो पार्र्टीले दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र बाट जम्मा ६ सय ४६ मत मात्र पाएको छ । जस्मा क्षेत्र नम्बर १ बाट ४ सय १ र क्षेत्र नम्बर २ बाट २ सय ४५ मत प्राप्त गरेको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । जिल्लामा कुल १ लाख ७३ हजार १ सय २५ मत खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।