ताजा अपडेट »

आन्तरिकसँगै वाह्य पर्यटकको ध्यान तान्दै रुरुधाम

आइतबार, ११ मंसिर २०७९, १७ : ०९
4 Shares

गुल्मी । रुरु नेपालकै ऐतिहासिक र धार्मिक धरोहर रुरुधामको भौतिक विकास जोडतोडले बन्दै गर्दा यसक्षेत्रका व्यवसायी हरुपनि लगानिका लागि उत्साहित भएका छन । यतिबेला रुरुधाम रिडीको सँरचनात्मक विकास जारी छ । नेपालकै एकमात्र तिनमुखे पुलको निर्माण कार्य सम्पन्न सँगै कालिगण्डकी नदि र रिडीखोला तटबन्ध निर्माण , स्थानीय मठ मन्दिर सुधार मुक्तिनाथ जोडने कालिगण्डकी करिडोरको स्तरोन्नति ले अब रुरुधामलाई पछि फर्केर हेर्नू पर्ने आवस्यकता छैन ।

सायद यसैले पनि रुरुधाममा व्यवसायिक आकर्षण र अझै त्यसमा पनि होटल व्यवसायमा लगानी ह्वात्तै बढेको छ । रुरुधाममा सुविधा सम्पन्न होटल क्राउन, होटल बिहानी , होटल रायमाझी ,होटल शान्तिपुरे लगाएतले गुणस्तरीय सेवा दिईरहेका छन जसको कारणले रुरुधाममा आउने पर्यटक हरुलाई रिडीमा वास बस्न र खानपानमा सजिलो भएको छ । रुरुक्षेत्र गाउँ पालिका ३ थोर्गाका नारायण ज्ञवालीले करिव तीन करोडको लगानिमा रिडीबजारमा सुविधा सम्पन्न होटल क्राउन सन्चालन गरेका छन भने शैलेन्द्र दर्लामीले होटल बिहानी ,बिक्रम रायमाझीले रायमाझी होटल र प्रेम श्रेष्ठले होटल शान्तिपुरे मार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेका छन । र अन्य साना ठुला होटल त दर्जनौं छन ।

आन्तरिक पर्यटक मात्र आईरहँदा कार्तिक महिनामा रिडीबजारमा विदेशी पर्यटकहरु पनि आएको होटल क्राउनका सन्चालक नारायण ज्ञवालीले बताए । विदेशी पर्यटक पनि आउन थालेका छन यसले रुरुक्षेत्रको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ ज्ञवालीले भने । कालिगण्डकी करिडोरको बसपार्क लामाचौपारी खण्डमा सडक सँगै जोडेर अधिकाँश होटल निर्माण भएका छन । यी होटल हरुमा यतिवेला सुविधा सम्पन्न तातो र चिसो पानी एसि समेत जडान भएका छन । साना ठुला सभा सम्मेलन ,पुजा पाठ विवाह ब्रतबन्धका लागू सेमिनार हलको पनि सन्चालनमा आएका होटल हरुमा व्यवस्था गरिएको छ ।

केही होटल हरुबाट रुरुधामको ऋषिकेश मन्दिर काली र रिडीको सँगम स्याङ्जाको किपट क्षेत्र आँखाको धित नमरुन्जेल हेर्न पाईन्छ । नेपाली चाईनिज ईण्डियन र कन्टिनेन्टल खानाको स्वाद पस्किरहेको यि होटलमा पिज्जा बर्गर र ममका विविध स्वाद र लोकल माछा प्राथमिकतामा छन भने हरेक होटलमा एकसय पचास जनालाई एकै पटक खाना खुवाउन सक्ने गरि व्यवस्थापन गरिएको छ । यो क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक र मलामि हरु आ हुँदा हामिले शाकाहारी भान्साको छुट्टै व्यवस्था गरेका छौँ बिहानी होटलका सन्चालक शैलेन्द्र दर्लामीले भने ।

हामिले धेरै तिर्थ यात्रु मलामी हरुले दुख पाएको बस्ने खाने खाने ठाउँ नभएको महशुस गरेका छौँ त्यसैले त्यहि प्रकारको सुविधा चौविसै घण्टा दिने तयारी गरेका छौँ होटल क्राउनका सन्चालक नारायण ज्ञवालीको भनाई छ । रुरुधाम धार्मिक पर्यटनको केन्द्र बन्नेमा दुईमत छैन । विस्तारै विकासको पदचिन्हलाई पछ्याउँदै अगाडि बढेको रुरुधामको प्रचारप्रसारले यो क्षेत्रलाई अन्तराष्ट्रिय पर्यटक हरुको गन्तव्य बनाउन मद्दत पुर्याउन सक्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।