ताजा अपडेट »

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ?

आइतबार, ११ मंसिर २०७९, १४ : ४७
25 Shares

काठमाण्डौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन क्षेप्यास्त्र वैज्ञानिकहरूसँगको बैठकमा छोरी लिएर पुगेका छन् । किमले छोरीलाई उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न खोजेको बहस हुन थालेको छ ।

सार्वजनिक गरिएकी छोरी जु ऐ कान्छी सन्तान हुन् । उनको उमेर ९ देखि १२ वर्षको बीचमा छ । अघिल्लो साता उनी आफ्ना आमा बुवा अन्य अन्य अधिकारीहरूसँग मिलेर अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको अवलोकन समारोहमा देखिएकी थिइन् । 

सेतो कोट र रातो जुत्ता लगाएकी जुले पिता किमको हात समातेर हिँडेको देखिएको थियो । उनीहरूको पछाडि प्रक्षेपण वाहनमा राखिएको विशाल क्षेप्यास्त्र देखिन्थ्यो । उत्तरको सरकारी समाचार संस्था केसीएनएले जुलाई किमकी सबभन्दा प्रिय सन्तानको संज्ञा दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।