ताजा अपडेट »

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

आइतबार, ११ मंसिर २०७९, १३ : ५७
22 Shares

भक्तपुर, । मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीमा  शनिबार राति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।पुरानो थिमी ओरालोमा दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नम्बरको महेन्द्रा म्यासिमो गाडी विपरित दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठाेक्किदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछेंका २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो ।

फसिकवालाई उपचारको लागि मध्यपुर ठिमी अअस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुर नगरपािलका-७ गोलमढीका ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्ततालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

घटनास्थलमा प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको टोली पुगि प्रारम्भिक अनुसन्धान गरी दुर्घटनामा संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका-१ घर भई भक्तपुरको दुवाकोटका २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।