१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं। हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन । 

Advertisement

तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसदमा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् । केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छै्रन भने सिट बाँँडफाँट पनि गरिएको छैन । 

तर, हालसम्म सार्वजनिक मतपरिणाामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने प्रत्यक्षतर्फको मतपरिणाामअनुसार उसका संघीय संसदमा सात जना र प्रदेशसभा ११ जनाले उपस्थिति जनाउने भएका छन् । यसअघि २०७४ सालमा राप्रपाबाट संघीय संसदमा राजेन्द्र लिङ्देन र प्रदेशसभामा  प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिना गुरुङ र रिता माझी र कणालीमा सोशीला शाहीकाउ मात्र उपस्थिति थियो । तर, यसपटक संघ र प्रदेश दुवैमा राप्रपाले सुधार गर्दै फड्को मारेको हो । 

राजेन्द्र लिङदेन, दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा. धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही  प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसदमा सहभागी हुने भएका छन् ।  यसैगरी, झापा १ (ख)बाट सबिना बजगाइँ, झापा ४(ख) भक्तिप्रसाद सिटौला, चितवन ३ (क) ज्ञानुजंग लामा, धादिङ २ (ख) डम्बर तामाङ,  काठमाडौं २ (क र ख) क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ (क) राजेन्द्र प्रजापती, काठमाडौं ८ (ख) उद्धव थापा, काठमाडौं ९ (क) नुरज बज्राचार्य, रुपन्देही १(क) आशिषकुमार चौधरी र कपिलवस्तु ३ (ख)बाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् ।  समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँट पनि यो संख्या बढ्नेछ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड