ताजा अपडेट »

यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे

आइतबार, ११ मंसिर २०७९, ११ : ०४
6 Shares

अर्घाखाँची। अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् ।

प्रत्यक्षतर्फ प्रतिनिधीसभामा नेकपा एमालेका टोपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले  २६ मत प्राप्त गरेका छन् । प्रदेशसभा क मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५ सय २५ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न ह्वीलचेयर लिएका स्वतन्त्र उम्मेदवार विक्रम खनालले २५ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा ख मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका रामजीप्रसाद घिमिरे २२ हजार ७ सय ८९ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न स्कुटर लिएका स्वतन्त्र उम्मेदवार खेतुलाल उपाध्यायले २९ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।