१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023


मजुवा । पार गुल्मीको व्यस्त बजार मजुवा पछिल्लो पटक वहुप्राविधिक शिक्षाकाे आधार इलाकाकाे रुपमा विकासित हुन थालेकाे छ ।तुराँग वहुप्राविधिक शिक्षालयकाे स्थापनाले मजुवा क्षेत्रकाे महत्त्व अझै बढेकाे देखिन्छ ।

Advertisement

त्यसाे त मजुवा चन्द्रकाेट गाउँपालिकाकाे प्रशासकीय केन्द्रकाे रुपमा रहने हैसियत राख्छ ,गाउँपालिकाकाे केन्द्र हुन नसके पनि चहल पहलले मजुवाकाे अस्तित्व घटेकाे छैन । अझै त्यसमा प्राविधिक शिक्षालय थपिएपछि प्राविधिक अध्ययनकाे नयाँ पाटाेले पनि मजुवाकाे उचाइ बढेकाे छ ।
पुर्व परराष्ट्रमन्त्री समेत रहेकाे नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीकाे विशेष पहलमा २०७७ सालमा स्वीकृत प्राप्त गरेकाे तुराँग वहुप्राविधिक शिक्षालय मजुवामा कृषिकाे वालि विज्ञान ,भेटनरी तर्फकाे र सिविल इन्जिनियरिँग तर्फकाे पनि स्नातक पढाइकाे व्यवस्था भएकाे छ ।

तिनवर्षे काेर्स पढाइ हुने कृषि वालि विज्ञान ,भेटनरी र सिविल इन्जिनियरिँग मध्ये गत वर्ष देखि कृषि तर्फकाे वालिबिज्ञान तर्फकाे मात्र पढाइ शुरु गरिएकाे र भौतिक पुर्वाधारकाे निर्माण सँगै अरु विषयका पढाइहरु पनि शुरु गरिने तुराँग वहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिए ।
यतिबेला मानका टिकाराम बहुमुखी क्याम्पस मजुवाले उपलब्ध गराएकाे छ वटा काेठामा अध्ययन अध्यापन भईरहेकाे प्रमुख पाण्डेकाे भनाई ।
सबै फ्याकेल्टी चलाउन हामीलाई करिब एकसय राेपनि जग्गा चाहिन्छ यसका लागि प्रक्रिया जारी रहेकाे पाण्डेकाे भनाई छ ।

कृषि वालिबिज्ञान तर्फकाे डिप्लोमा काेर्समा पहिलाे वर्ष २४ जना भर्ना भएकाे र दाेस्राे वर्ष १७ जना भर्ना भएर अध्ययन गरिरहेका छन ।
तुराँग वहु प्राविधिक शिक्षालयमा हाललाई भर्नाका लागि चालिस सिट रहेकाे छ ।

प्राविधिक शिक्षालयलाई भाौतिक पुर्वाधार निर्माणका लागि स्थानीय दाताबाट करिब त्रिचालीस राेपनी जग्गा प्राप्त भएकाे छ र बाँकि जग्गाको व्यवस्थापनकाे तयारी भईरहेकाे स्थानीय सहयाेग समितिका अध्यक्ष चेतन बस्नेतले बताए ।

त्यसाे त रुपाकाेट क्षेत्रतर्फबाट पनि तुराँग प्राविधिक शिक्षालयकाे भौतिक पुर्वाधार बनाउनु पर्ने माग छ र शिक्षालयका लागि जग्गाकाे उपलब्धताका आधारमा पुर्वाधारका केही भाग रुपाकाेट क्षेत्रमा पनि बनाईने बताईन्छ ।

गरिब र विपन्न जसले शहरमा बसेर पढ्न सक्दैनन् उनिहरुकाे पहुँचमा प्राविधिक शिक्षा पुर्याउन स्थापना भएकाे यस शिक्षालयमा हुम्ला ,रुकुम ,जुम्ला ,लगाएतका जिल्लाहरुबाट समेत विध्यार्थी आएर अध्ययन गर्छन ।

पछिल्लो पटक गाउँघरमा सीप र स्वराेजगारकाे आवाज युवाहरूले उठाई रहँदा यस प्रकारकाे वहुप्राविधिक शिक्षालय हरुमा अल्पकालिन र दिर्घकालिन सीप सिकाईलाई जाेडेर ग्रामीण क्षेत्रमा युवाहरुलाई स्वराेजगारकाे व्यवस्थापन गर्न सकिन देखिएकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड