ताजा अपडेट »

गृहमन्त्री खाँणले दिए दीपक बोहोरालाई बधाई

शनिबार, १० मंसिर २०७९, १९ : ३४
8 Shares

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् । 

उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । 

बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।