ताजा अपडेट »

बुटवलको बेलवासका गौतम दम्पतीकाे भैँसीपालनका ४५ वर्ष

शनिबार, १० मंसिर २०७९, १८ : २२
14 Shares

बुटवल । मानिस सुखकाे खाेजिमा शहर पस्छ । करिब साढे तिनदशक अघि बुटवल बजार नजिकै बेलवासमा बसाई सरेर आएका गणेश गौतम शहर पसेदेखि नै भैँसिपालन व्यवसायमा रमाई रहेका छन ।

बुटवल उपमहानगरपालिका वडा न १३ बेलवास शान्तिपथ नजिकै गौतमकाे घर छ र घर सँगै जाेडिएकाे गाेठ । उनकाे गाेठमा पुग्दा उन्नत जातका मुर्रा जातका चिल्ला भैँसिहरु देख्न पाईन्छ । उनकाे गाेठमा रहेका भैँसीहरु काेहि व्याउने छन त काेहि दुहुना ।

"पैँतिस वर्ष बित्याे बेलवासमा भैँसी पाल्न थालेकाे, यी वर्षहरुमा गाेठ कहिल्यै खालि भएन" गणेश गौतमले भने । "सुरुसुरुमा साईकल चढेर दूध बेच्न बुटवल तिर पनि पुगियाे तर आज भाेलि त घरमै लिन आउँछन भैँसे दुहेर राखिदिए भयो घरै आएर लान्छन । हारालुछ हुन्छ, दूध पुर्याउनै सकिन्न । बेलवास त अब बुटवलको मुख्य बजार जस्तो भईसक्याे ।" उनले भने ।

हुनपनि उनी पहाडबाट तराई झर्दा जस्ताे छैन बेलवास । याे क्षेत्र गाउँघरतिरबाट बसाई सरेर आउने हरुले डमक्कै ढाकेका छन ।जीवनका अघिल्ला चरण भैँसीपालनले घर धान्दै आएका गौतमले पछिल्ला दिनहरु भैँसी नपाली मनैले नमानेर भैँसी पाल्ने र दूध बेच्ने गरेकाे बताउँछन् । "के गर्ने यहाँ झरेपछि यहि काम गरियाे ला'काे बानी, कहिँले नजानी भनेझैँ भैसीपालनमा बानी लाग्यो" उनले भने ।

उनी यताउती जाँदा उनकी जीवनसाथि विमला गौतमले भैसीकाे स्याहार-सुसार र दुनबान गर्छिन् ।त्यसाे त घाँस काट्ने गाेबर साेत्तर गर्ने भैँसी दुहुने लगायत दूधकाे बेचविखतमा विमला गौतमले श्रीमानलाई सघाउँदै आईरहेकी छिन। बिहानैदेखि भैँसिकाे देखभालमा याे दम्पती लागिहाल्छ ।बेलवास क्षेत्र नजिकै जँगल छ । "घाँस जति पनि पाईन्छ र यहाँका खालि जग्गा घडौरीहरुमा लपक्कै घाँस छ । सक्न पर्याे जहाँ काटेपनि कसैले केही भन्दैन" स्कुटरमा लहलहाउँदाे घाँसकाटेर ल्याउँदै गरेका उनले भने ।

बिहान बित्दा याे दम्पतीले दुईचार भारी घाँस ल्याईसक्छन । पहिला त नाम्लाले बाेकेर घाँसका भारी ल्याईन्थ्याे आज भाेली स्कुटर जहाँ पनि जान्छ । काटेर थुपार्याे स्कुटरमा हालेर ल्यायाे हाँस्दै गौतमले भने । उनले पालेका भैँसी साँच्चै हेर्न लाएक छन । दैनिक १५ लिटरसम्म दुधदिने भेँसी उनकाे गाेठमा छन । गाउँमै दूध बिकेपछि सजिलाे पनि भएकाे छ भने घरखान र पाहुना आउँदा दूध दहि माेही घिउको छ्यालब्याल छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।