१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023


गुल्मी । पाका र खारिएका चिन्तामणी बा यो पटक गुल्मी क्षेत्र न १ क मा एमाले पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सँसदका उम्मेदवार बन्नु भएका चिन्तामणी पाण्डेबा ले गुल्मी क्षेत्र न १ क बाट माओवादी केन्द्रका लुम्बिनी प्रदेसका सँयोजक समेत रहेका मुख्यमन्त्रीका दावेदार सुदर्शन बराललाई ८ सय १० को मतान्तरले पराजित गरेपछि उनको चर्चा चुलिएको छ ।

Advertisement

सत्यवती गाउँपालिका वडा न १ को अस्लेवा गाउँका चिन्तमणी पाण्डे यो क्षेत्रकोकालीगण्डकी , सत्यवती , चन्द्रकोट , रुरुक्षेत्रमा परिचित नाम थियो । र यहि क्षेत्रले चिन्तामणीबा लाई न्याय गर्यो । नेपाली कम्युनिस्ट आन्दोलन सँग लामो समय देखि जोडिनु भएका पाण्डे २०३६ सालको जनमत सँग्रह वहिष्कार अभियानमा जोडतोडले लागेका हुन ।

२०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर विधिवत कम्युनिस्ट पार्टीको सदस्य बनेपछि निरन्तरता पार्टीका काममा सकृय रहनु भएका चिन्तामणी पाण्डे बा पार्टीको तल्लो निकाए ,वडा कमिटी ,गाउँ कमिटी ,इलाका कमिटी ,जिल्ला कमिटी हुँदै यतिबेला नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन। उनी कहिल्यै वाम विचारबाट विचलित नहुने कट्टर कम्युनिस्ट नेताको छवि बनाएका व्यक्तित्व हुन।

२०३५ सालदेखि २०४५ सालसम्म श्रीराम प्राथमिक विध्यालयमा शिक्षण पेशा गर्नु भएका पाण्डेले शिक्षकको जागिर छाडेर व्यापार तिर लागे । लामो समय यो क्षेत्रका सफल व्यापारी भएका कारणले पनि अस्लेवा ,ठुलोलुम्पेक क्षेत्रमा चिन्तामणी बा लाई नचिन्ने कोहि छैन । व्यापार सँगै सामाजिक सेवाललाईजोडेर पाण्डे बा ले अस्लेवा र यस वरिपरि राम्रै पहिचान बनाए ।

गाउँ घर भनेपछि हुरुक्कै हुने व्यक्तित्व मध्ये उनी हुन ।
भनिन्छ जीवन सपना हो , सपना उनिन्छन ,बुनिन्छन , जोडिन्छन र तोडिन्छन । जब सपना तोडिन्छन त्यतिबेला मन भक्कानिन्छ ,त्यस्तै भयो २०६० साल असौज ६ गते चिन्तामणी पाण्डेलाई । द्वन्द्वको उन्माद पराकाष्ठमा पुगेको बेला तत्कालीन माओवादी विद्रोहि हरुले उनको सर्वस्व लुटे ।
चल ,अचलसम्पत्ति ,पसल ,सुन ,चाँदी भएभरको पैसा , पलँग ,कपडा समेत घरबार सबै माओवादीले कब्जा गरे ।

रातिमा भएभरको पसलको खाद्दान ,लत्ताकपडा सबै लुटेर नाँगेझार पारेपछि भौतिक कार्वाहीको धम्किले चिन्तामणी बा परिवार सहित अस्लेवा छाडेर बटौलि पस्न बाध्य भए।
मैले माओवादीहरुलाई द्वन्द्वकालमा धेरै सहयोग गरेँ ,लत्ताकपडा ,रासन ,सेल्टर सबै दिएँ तर मै माथि माओवादीले ज्यादती गर्यो विगत सम्झेर पुरानो घर र पसल हेर्दै लामो सुस्केरा तान्दै चिन्तामणी पाण्डे बाले भावुक बन्दै भने ।

नचाहँदा नचाहँदै पनि चिन्तमणी पाण्डे बाध्यतामा मन अमिलो बनाएर अस्लेवा छाडेर ज्यान जोगाउन बुटवल झर्नुपर्यो । हो जीवन सपना हो यो थाहा पाउँदा पाउँदै पनि मान्छे सपनाको नदिमा पौडि खेल्न भने छाड्दैन ।बुटवल झरेपछि उनले सँघर्ष छाडेनन । गाउँलाई पनि बिर्सेनन न उनलाई गाउँले बिर्सन सक्यो ।

गाउँको माया इष्टमित्र, दाजुभाइ ,सम्झेर ज्यानकै बाजि थापेर पनि गाउँ आउने जाने क्रम उनको रोकिएन ।गाउँको अनुरोधमा बुटवल बसेपनि जनता माध्यमिक विध्यालय अस्लेवाको लामो समय सम्म विध्यालय व्यवस्थापन समितिको सदस्य भई काम गरेर विध्यालयको भौतिक र शैक्षिक विकासमा पुर्याएका उनको योगदान अस्लेवावासीले बिर्सन नसक्ने नेकपा एमाले सत्यवती गाउँपालिका कमिटीका अध्यक्ष भिम पाण्डे बताउँछन ।

बटौली झरेपछि पनि समयले चिन्तामणी बा लाई साथ दियो ।राम्रै व्यवसायीक सफलता प्राप्त गरेका पाण्डे यतिबेला बुटवलको सिसिटि कलेजको अध्यक्ष सँगै क्रिमसन कलेजको पनि अध्यक्ष हुन ।साईन रेसुँगा बैँकको सन्चालक रहिसकेका पाण्डे धेरै सँघ सँस्थाको नेतृत्व पँक्तिमा छन र अब नेकपा एमालेबाट लुम्बिनी प्रदेशका साँसद समेत बनेका छन ।

अविछिन्न पार्टीको वफादार सिपाहीको रुपमा रहेका चिन्तामणी बा लाई एमालेले प्रदेश सभाको उम्मेदवार बनाएर पार्टीले मात्र होईन क्षेत्र न १ क का जनताले पनि जिताएर न्याय गरेका छन । गाउँ कसरी बनाउने ,युवालाई गाउँमा कसरी अड्याउने र समाज परिवर्तन कसरी गराउने भन्ने चिन्ता नै उनको एजेन्डा रह्यो ।

जीवनका पछिल्ला चरण आनन्दको जीन्दगि बिताउन सक्थेँ तर गाउँ समाजको चिन्ताले केही गर्न सक्छुकी भनेर उठेको हुँ जनताले साथ दिनु भयो केही गर्छु जित पछि उनले भने ।
मुख्यरुपमा गाउँ घरमा युवाहरूलाई अड्याउन सके गाउँ समाजको विकास हुने हुँदा ग्रामिण स्वरोजगार सिर्जनामा चिन्तामणी बा जतिबेला पनि चिन्तित छन । पाका व्यक्तित्व रहेका चिन्तामणी बा ले पाको चुनावी रणनीतिका कारण गठबन्धनको चौतर्फी घेरा तोड्न सफल मात्र भएनन द्वन्दमा उनले बेहोरेको पिडाको न्याय समेत पाए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड