ताजा अपडेट »

विश्वकपमा स्विट्जरल्याण्डसँग क्यामरुन १-० ले पराजित

विहीबार, ०८ मंसिर २०७९, १९ : २२
8 Shares

काठमाडौं । विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो ।

खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा निर्णायक बन्यो । गोल गर्दै इम्बोलेले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन् ।

उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए । जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ । यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन् । ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ । ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।