१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

लुम्बिनी । लुम्बिनीभित्र रहेको बुद्धजन्मस्थलका पुरातात्विक अवशेषहरुको संरक्षणका लागि विज्ञहरुविच छलफल गरिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको आयोजनामा एक दिने पुरातात्वविज्ञहरुसँग छलफल गरिएको हो ।

Advertisement

मायादेवी मन्दिर, बुद्धजन्मस्थल क्षेत्रमा रहेका मार्कन स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्विक अवशेषहरुको अवस्था र दीगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिृकत ज्ञानिन राईले जानकारी दिए । उनका अनुसार मायादेवी मन्दिर र बुद्धजन्मस्थलको संरक्षणबारे विज्ञहरुले महत्वपूर्ण सुझाव सहितको प्रस्तुती राखेका छन् । उक्त अवसरमा जावरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन पी आउजा, संरक्षण विज्ञ मुसि, दुर्हम विश्व विद्यालय बेलायतका पुरातात्व सल्लाहकार प्रोफेसर रविन कनिङघमले प्रस्तुती राखेका थिए ।

छलफलमा विषयबस्तुमाथि विश्व सम्पदाका विज्ञ काई वेइस, विज्ञहरु प्राध्यापक प्रेमनाथ मास्के, विज्ञ डा. विजयमान शाक्य, यूनेस्को नेपालका प्रतिनिधि मिचल कार्फटले टिप्पणी गरेका थिए । मायादेवी मन्दिर र बुद्धजन्मस्थलमा केहि बर्षदेखि पुरातात्व अवशेष संरक्षणमा चुनौती थपिएकालेयो छलफल गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश सुरेश श्रेष्ठ, पुरातात्व विभागका महानिर्देशन दामोदर गौतमले लुम्बिनीका पुरातात्वहरुको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

विज्ञ सहितको प्राविधिक पक्षबारे गरिएको उक्त छलफलपछि मायादेवी मन्दिर र बुद्ध जन्मथस्ल क्षेत्रको भग्नावेष पुरातात्वको संरक्षणको नयाँ योजना बन्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार