ताजा अपडेट »

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

विहीबार, ०८ मंसिर २०७९, १६ : २६
14 Shares

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा  विजयी हासिल गरिसकेकाे छ । अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।