१७ मंसिर २०७९, शनिबार

Dec 3, 2022

काठमाडौं ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गरेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उनले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

Advertisement

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुगेका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताए । उनले भने, ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उनले धेरैजसो स्थानमा निश्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिए । 

सो अवसरमा उनले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नु पर्ने बताए । मतदाताप्रति नै आसंका गर्दै उनले भने, ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौ की । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’ उनले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताए । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उनको भनाइ छ । 

उनले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताए । मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताए । उनले भने, ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’ फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उनको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उनले असंका गरे ।

उनले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाए । चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाए । उनले भने, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन । हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ । यो हामीले कार्यान्वयन पनि गरेका छौं । लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो ।’ उनले लोकतन्त्रको पवित्रतालाई जोगान आग्रह गरे । 

कार्यक्रममा बुथ क्याप्तर र धाधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए । 

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार