ताजा अपडेट »

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

विहीबार, ०८ मंसिर २०७९, १५ : १९
10 Shares

काठमाडौँ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’ को लागि माफी मागेको छ । चीनमा आईफोन कारखानामा विरोध प्रदर्शन चर्किरहेका बेला फक्सनले माफी मागेको हो । सयौं कामदारहरू केही दिनदेखि कोभिड प्रतिबन्धहरू र बाँकी तलब भुक्तानीको दाबी गर्दै झेंग्झाउ शहरमा रहेको विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा मार्च गरिरहेका छन् ।

प्रहरीले कर्मचारीहरूलाई कुटपिट गरेको प्रदर्शनको भिडियाे प्रत्यक्ष प्रसारण गर्नेहरूले बताएका छन् । गत महिना बढ्दो काेभिड संक्रमणबीच कारखाना बन्द भएको थियो । केही कामदारहरू कम्पनीबाट बिदा भएका थिए । त्यसपछि कम्पनीले उदार बोनसको वाचाका साथ नयाँ कामदारहरू भर्ना गरेको थियो ।

राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । बेइजिङको कठोर शून्य–कोभिड नीतिअन्तर्गत प्रकोप फैलिने वित्तिकै सम्पूर्ण शहरहरू बन्द गर्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् । यस नीतिको सर्वसाधारणले विरोध गर्दै आएका छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।