१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बाली । इन्डोनेसियाका उद्धारकर्ताहरूले सियानजुरमा आफ्नो भत्किएको घरको भग्नावशेषबाट एक छ वर्षीय बालकको जीवितै उद्धार गरेका छन् । उनी म्याट्रिसमा रहेकाले जीवितै उद्दार सम्भव भएको उद्दारकर्ताले बताएका छन् । अजका मौलाना मलिक नाम गरेको ती बालक दुई दिनदेखि फँसेका थिए । उनी मृत हजुरआमाको शवको छेउमा जीवित फेला परेका थिए ।

स्थानीय दमकल विभागले अनलाइन सेयर गरेको भिडियोमा उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा उठाएपछि उनी शान्त देखिन्छन । ‘अजका अहिले ठीक छन् । उनलाई चोट लागेको छैन । उनी भोकाएकोले कमजोर मात्र भएको डाक्टरले बताएका छन्,’ भूकम्पले क्षतिग्रस्त अस्पतालबाहिर राखिएको पालमा अजकाको हात समात्दै आफन्त सलमान अल्फारिसीले भने । तर उनकी आमा भने सोमबारको भूकम्पमा मारिएकी थिइन् । ‘उनी घरमा जान चाहन्छन् । सँगै सुत्न उनले आमालाई सोधिरहेका छन्’ अल्फारिसीले भने । 

५ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २७१ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएका छन् । भूकम्पछि अझै पनि कम्तीमा ४० जना हराइरहेका छन् । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको इतिहास छ । सन् २०१८ मा गएको भूकम्पमा २ हजार जनाको मृत्यु भएको छ ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार