ताजा अपडेट »

रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, झिनो मतले घण्टी पछाडि

विहीबार, ०८ मंसिर २०७९, ०७ : १०
29 Shares

बुटवल । जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा १४५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३७२७ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११५०४ मत प्राप्त गरेका छन् । हालसम्म ४३ हजार २५६ मत गणना भएको छ । यस क्षेत्रमा कुल ८१ हजार २०२ मत खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।