ताजा अपडेट »

खाँणको अग्रता कायमै, रुपन्देहीमा ३ क्षेत्रमा एमालेको अग्रता

बुधबार, ०७ मंसिर २०७९, २३ : ५५
6 Shares

५ वटा संघिय निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा पछिल्लो मतपरिणाम अनुसार ३ स्थानमा नेकपा एमालेले अग्रता लिई रहेको छ । क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ५ मा एमालेको अग्रता रहेको छ । यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस तथा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका अग्रता रहेको छ ।

रुपन्देही जिल्लाको प्राप्त पछिल्लो मतपरिणाम अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका छबिलाल विश्वकर्माले ४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार घनश्याम भुषाल ३ हजार ४ सय १८ मतले पछ्याई रहेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ३ हजार १ सय ५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका बिष्णु पौडेलले अग्रता लिई रहेका छन् । उनले ७ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल ६ हजार ८ सय ६९ र राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले ५ हजार ५ सय २ मत प्राप्त गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल १४ हजार २ सय ५१ मत पाउदा नेपाली कांग्रेसका प्रमोद यादवले ११ हजार ५ सय ९४ मत र जनमत पार्टीका भोपेन्द्र यादव ७ हजार ६ सय २९ मत पाएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बासुदेव घिमिरेले १९ हजार ५ सय ६५ मत पाएका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भरत कुमार शाह हुन् । शाहले १४ हजार २ सय ६६ मत पाएका छन् ।

रुपन्देहीमा रहेको १० वटा प्रदेश सभा सदस्यको लागि भएको गणनामा मिश्रित नतिजा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार रुपन्देही प्रदेश सभा १(१) मा राप्रपाका आशिष चौधरी २ हजार ६ सय ४३ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका बिश्वनाथ यादव २ हजार ३ सय ८० मत ल्याई पछ्याई रहेका छन् । यस्तै रुपन्देही प्रदेश सभा १(२) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक ३ हजार ५ सय २४ मत ल्याएका छन् । नेकपा एमालेका दधिराम खरेल ३ हजार ३ सय ९० मतका साथ दोश्रो स्थानमा छन् ।

रुपन्देहीको प्रदेश सभा २(१) मा नेकपा एमालका लिला गिरि ९ हजार ६ सय ११ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिर्घ बहादुर केसी ७ हजार ९ सय ५ मत पाएका छन् । प्रदेश सभा २(२) मा एमालेकै भोजराज श्रेष्ठ २ हजार १ सय १४ मत र नेकपा माओवादी बामदेव क्षेत्रीले १ हजार २ सय ५७ मत पाएका छन् ।

रुपन्देही प्रदेश सभा ३(१) मा लोसपाका सन्तोष पाण्डे ७ हजार ६ सय ५६ मत पाउदा जसपाका महेन्द्र यादव ५ हजार ४ सय ८४ मत ल्याएका छन् । प्रदेश सभा ३(२) को मतगणना अहिले सुरु भएको छ्रैन ।

रुपन्देही प्रदेश सभा ४(१) मा लोसपाका कन्हैया बनिया १५ हजार १ सय ३७ मत ल्याई विजयी भएका छन् । यद्दपी केही मत अन्य मतपेटिकामा रहेको हुन सक्ने स्म्भावनालाई हेर्दै उनलाई अहिले सम्म विजयी घोषणा नगरिएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । ४(१) मा जनमत पार्टीका जितेन्द्रनाथ शुक्लले ९ हजार २ सय ५३ मत पाएका छन् भने नेपाली कांग्रेसका अष्टभुजा पाठक ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । रुपन्देही प्रदेश सभा ४(२) मा नेपाली कांग्रेसका वसिउद्दिन खान ९ हजार २ सय ४९ मतका साथ अग्रस्थानमा छन् । उनलाई जनमत पार्टीका अर्जुन प्रसाद जयसवाल ५ हजार ९ सय ७३ मतले पछयाई रहेका छन् । यस्तै लोसपाका मोहनलाल यादव ५ हजार ८ सय ९७ मत ल्याएका छन् ।

रुपन्दही प्रदेश सभा ५(१) मा नेकपा एमालेका भुमिश्वर ढकाल ११ हजार ५ सय १० मत र नेकपा माओवादीका बिनोद पहाडीले ७ हजार १ सय मत पाएका छन् । प्रदेश सभा ५(२) मा जनमत पार्टीका चन्द्रकान्त गुप्ता ९ हजार ८ सय ९५ मतमा साथ पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका फकरुद्दिन खान ८ हजार ६ सय ७२ मतले उनलाई पछयाई रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।