ताजा अपडेट »

रुपन्देही- ४ मा लोसपाका शुक्ला विजयी

बुधबार, ०७ मंसिर २०७९, १९ : ४३
12 Shares

भैरहवा । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका  सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन ।

लोसपाका कार्यकारिणी समितिका सदस्य समेत रहेका शुक्ला तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिएका हुन । क्षेत्र नम्बर ४ को ७६ हजार ६ सय ७५ मत गणना हुदा शुक्लले २८ हजार मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन । यादव सोही क्षेत्रका निवर्तमान सांसद समेत हुन ।

जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत पाएका छन । कुल १ लाख दस हजार ६ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशत अर्थात ७७ हजार ६४ मत खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।