ताजा अपडेट »

प्रतिनिधि सभा बैठक :आज पनि प्रश्नोत्तर

शुक्रबार, २५ माघ २०७५, ०४ : २५
8 Shares

माघ २५,

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  बैठक संघीय संसद् भवन नया बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो।

बैठकमा आज पनि प्रश्नोत्तर सत्र संचालन हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालय र भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बारे  प्रश्नोत्तर सत्र संचालन हुनेछ।

संसदमा उठेको प्रश्नहरुको श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र  भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जवाफ दिने कार्यतालिका छ।

यसै बीच आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ।  बैठक बिहान साढे १० बजे बस्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।