ताजा अपडेट »

गुल्मी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बुधबार, ०७ मंसिर २०७९, ०७ : ०१
18 Shares

बुटवल । गुल्मीको ठुलोलुम्पेकमा जिप दुर्घटना ५ को मृत्यु
गएराती गुल्मीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गएराती करिव २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थल मै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटो मै मृत्यु भएको हो ।

त्यहाँका वडाध्यक्ष जित बहादुर तरामुका अनुसार मृत्यु हुने सबै कुतडाडाका हुन । बाटोमा मृत्यु हुने एक जनाको नाम खुलेको छैन । बाटोमा फसेको गाडी निकाल्नका लागि ९ जना सवार थिए । ३ जना घम्भिर घाइतेलाई पाल्पा पठाइएको छ ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , बर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सइ कृष्णप्रसाद आचार्यले जानकारी दिएका छ्न । रिडिबाट बिहान चार बजे हिडेको प्रहारी घटनास्थलमा भर्खर पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।