ताजा अपडेट »

बाँके १ र ३ मा एमाले, २ मा राप्रपाको अग्रता

सोमबार, ०५ मंसिर २०७९, २२ : १५
4 Shares

बुटवल । बाँकेमा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये दुई वटामा नेकपा (एमाले) र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले सुरुवाती अग्रता लिएका छन् ।

३ हजार ५ सय मत गणना गर्दा ढकालले १ हजार ४५७ मतका साथ अग्रता लिएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गहतराजले ७८५ मतका साथ पछ्याइरहेका छन् । बाँके क्षेत्र नम्बर २ मा राप्रपाका महामन्त्री उम्मेदवार डा. धवलशम्शेर राणाले तीन हजार चार सय ८३ मतका साथ अग्रता कायम गरेका छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राई एक हजार ८९१, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ६८८ मत प्राप्त गरेका छन् ।

बाँके–३ मा ९ हजार ७६९ मत गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले ३ हजार ९५५ मतका साथ अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरले ३ हजार ५०८ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।