ताजा अपडेट »

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

सोमबार, ०५ मंसिर २०७९, १९ : ४२
24 Shares

महोत्तरी । महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो । मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ । पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणाना हुने भएको हो ।

मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ । १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो । महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्सिबास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् । यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।