ताजा अपडेट »

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

सोमबार, ०५ मंसिर २०७९, १७ : २८
7 Shares


काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् ।

काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन् ।

एमाले महासचिव पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा तथा उपाध्यक्ष पाण्डे चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन् । उपाध्यक्ष पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा केही मतले पछि छन् । त्यहाँ भर्खर मतगणना सुरु भएको हो ।

झापा ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीको मतपरिणाम सार्वजनिक भइसकेको छैन । सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्यालको क्षेत्रमा मतगणना सुरु भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।