ताजा अपडेट »

रुपन्देही–३ मा मतगणना सुरु

सोमबार, ०५ मंसिर २०७९, १४ : १२
10 Shares

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवा नमुना उच्च माध्यमिक विधालयमा दिउँसो बजे देखि गणना सुरु भएको हो ।क्षेत्रको मायादेवी वडा नम्वर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले जानकारी दिए । रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष  तथा समानुपातिक तर्फको गणना समेत सुरु भएको छ ।

क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण एवम राप्रपा का बरिस्ठ नेता दिपक बोहरा सहित २२ जना प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा छन् । रुपन्देहीमा ४६ वटा मतदान स्थल र १ सय ४६ वटा मतदान केन्द्र रहेको छ । क्षेत्र नम्बर ३ मा १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा ७० दशमलव ५ प्रतिशत अर्थात ९२ हजार ९ सय ७२ मत खसेको थियो

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।