ताजा अपडेट »

जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाई नै अगाडि

सोमबार, ०५ मंसिर २०७९, १४ : ०५
29 Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन् । सिके राउतले एक हजार २० मतले अगाडि हुँदा प्रतिश्पर्धी जनता समाजवादीका उपेन्द्र यादवले चार सय ५२ मत मात्रै ल्याएका छन् । राउतले सप्तरी २ मा अग्रता लिइरहदा उनका दाजु जयकान्त राउतले २३८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रामदेव शाह तेलीले २१४ मतसहित पछ्याएका छन् ।

यसैगरी, सुदूरपश्चिममा पक्कड जमाएका भनिएका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिकी टीकालक्ष्मी चौधरी २०१ मतसहित तेस्रो स्थानमा छिन् । 

विगतमा प्रभावशाली मानिएको जसपा सप्तरीका दुवै क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा रहेर जनमत पार्टीलाई पछ्याइरहेका छन् । सप्तरी १ मा जसपाका नवलकिशोर शाहले १७८ मत प्राप्त गर्दै चौथो स्थानमा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।