ताजा अपडेट »

निर्णायक खेलमा नेपालको उत्कृष्ट बलिङ, युएई १७६ रनमै समेटियो

शुक्रबार, ०२ मंसिर २०७९, १२ : ३३
8 Shares

काठमाडौं । युएईविरुद्धको एक दिवसीय सिरिजको उपाधिका लागि नेपालले सामान्य लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको छ । 

युएईका लागि हजरत बिलाल र आयान अफजल खानले उत्कृष्ट साझेदारी गरे । बिलालले २० रन बनाउँदा खानले ५४ रनको योगदान गरे । ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा वृत्य अरविन्द शून्यमै आउट भए । सीपी रिजवानले ४, रोहन मुस्तफाले २४, अलिशान शराफुले ३३, बासिल हमिदले ८, विष्णु सुकुमारनले २ रन बनाए । 

अहमद रजा र जहुर खान शून्यमै आउट भए । निर्णायक खेलमा नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरेका छन् । गुलसन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिएका छन् । ललित राजवंशी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो । 

सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृंखलामा १-१ को बराबरी गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।