ताजा अपडेट »

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीको आरोपमा ४० जना पक्राउ

शुक्रबार, ०२ मंसिर २०७९, ११ : ५६
23 Shares

काठमाडौं । सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट ४० जना पक्राउ परेका छन् । 

नेपाल र युएईबीच भइरहेको खेलमा  बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई मैदानबाटै पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक उत्तम सुवेदीले जानकारी दिए । 

उनीहरुलाई कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ । पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।