ताजा अपडेट »

बढ्यो सुनको मूल्य

शुक्रबार, ०२ मंसिर २०७९, १० : ५४
8 Shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।