ताजा अपडेट »

श्रीधर अधिकारीको ‘लाउन्न भो ज्यानमारा पिरती’ गीत रिलिज

शुक्रबार, ०२ मंसिर २०७९, १० : ४७
18 Shares

बुटवल । श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।चुनावी माहोलको समयमा सार्वजनिक यस गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर दिएका छन् ।

सुनिल परियारले गीतलाई एरेन्ज गरेका हुन् । गीता ढुंगाना र गायक रामहरि स्वयंम अभिनीत भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन एवं कलरपश्चात भिडियो सार्वजनिक भएको हो ।‘राम जानकी ईन्टरटेन्मेट’को युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । युवा–युवती एकअर्काबीचको नोँकझोकलाई रमाईलो तरिकाले गीतमा प्रस्तुत गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।