ताजा अपडेट »

करारमा शिक्षक भर्ना अगाडि बढाएपछि गाउँपालिका अध्यक्षलाई स्पष्टीकरण

शुक्रबार, ०२ मंसिर २०७९, १० : ३५
12 Shares


काठमाडौं ।  निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ । 

गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टिकरण सोधिएको हो ।‘निर्वाचन आचारसंहिता, ०७९  लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? आयोगले भनेको छ । 

आयोगले पत्र प्राप्त भएको २४  घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।