१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

न्युयोर्क । अमेरिकाको सिनसिनाटीको एक अमेरिकी अदालतले एक चिनियाँ नागरिकलाई अमेरिकी उड्डयन र एयरोस्पेस कम्पनीहरूबाट गोप्य व्यापार चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर गर्दै बुधबार २० वर्षको जेल सजाय सुनाएको कानुन मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिकामा सुनुवाइका लागि सुपुर्दगी गरिएका पहिलो चिनियाँ जासुस सु यान्जुनलाई आर्थिक जासुसी र व्यापार गोप्य चोरीको षड्यन्त्र गरेको आरोपमा संघीय निर्णायक मण्डलले नोभेम्बर २०२१ मा दोषी ठहर गरेको थियो ।

अभियोजकहरूले सुलाई २५ वर्षको सजायको माग गरेका थिए । तर, सुका वकिलहरूले यसअघिको अदालतको फाइलिङमा भनेका थिए कि यस्तो सजायको माग त्यस्ता अपराधमा दोषी ठहरिएका अन्य व्यक्तिहरूलाई दिइएकोभन्दा बढी हो ।

‘आजको सजायले ती अपराधहरूको गम्भीरता र चिनियाँ सरकार वा कुनै विदेशी शक्तिले हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने प्रयासहरूको अनुसन्धान र अभियोजन गर्ने न्याय विभागको दृढ संकल्प देखाउँदछ’, अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा भने ।-एजेन्सी
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार