ताजा अपडेट »

ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने

बुधबार, ३० कार्तिक २०७९, १० : २१
2 Shares

काठमाडौँ । रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन् ।

फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन्।र्‍यालीमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, "अमेरिकालाई फेरि महान र गौरवान्वित बनाउन आज राती म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्दैछु।"

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।