ताजा अपडेट »

मंसिर ४ पाण्डव र कौरव बीचको महाभारत युद्ध हो : प्रचण्ड

मंगलबार, २९ कार्तिक २०७९, २२ : ३१
54 Shares


परासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचन महाभारतको जस्तै पाँच पाण्डवसँग कौरवको युद्ध जस्तै भएको बताएका छन्। मंगलबार नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै कुरा बताएका हुन् ।

पाँच दलिय गठबन्धनले संविधानको संरक्षकको रुपमा महाभारतको लडाइमा मैदानमा उत्रिएको बताएका छन् । आगामी चुनाव जनमत संग्रह जस्तो पनि भएको र ओलिवादको विरुद्धमा जनतासामु अभियानमा लागेको समेत बताए।

जनताको समस्यालाई समाधान गर्ने, शान्ति प्रकृयालाई पूर्णता दिने , मल र डुबानको समस्यालाई पूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकताको समस्यालाई गठवन्धनको सरकारले पूर्णरूपमा नागरिकताको समस्या समाधान गर्ने बताए ।

जनताको अभिमतको अवमुल्यन भएकाले मतदाताले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन्, कार्यक्रममा बोल्दै प्रचण्डले बिनोद चौधरीको बिजय गराएमा त्रिवेणी क्षेत्रको विकास हुने बताए।

आमसभा बर्दघाट –१२ चौपताको खेल मैदानमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको सभाध्यक्षतामा सम्पन्न भएको आमसभामा माओवादी केन्द्रका घनश्याम यादव, विनोद चौधरी, देवेन्द्रराज कण्डेल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।