ताजा अपडेट »

आगामी पाँच वर्ष गठबन्धन सरकार हुन्छ : देउवा

मंगलबार, २९ कार्तिक २०७९, १७ : १५
25 Shares

परासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै आज प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धनले मंशिरको चुनाव जित्ने र पाँच वर्षसम्म गठबन्धनको सरकार चल्ने बताएका छन्। उनले गठबन्धनको सरकार राष्ट्रको निम्ति अपरिहार्य रहेको र समावेशी नेपालको संविधानलाई बचाउन गठवन्धनलाई जिताउन अनुरोध गरेका छन्।

नेपालको समावेशी संविधान संसारकै उत्कृष्ट संविधान रहेकोले बचाउनु जरुरी छ।यो आरक्षण र अधिकार सम्पन्न संविधान बचाउन कासित गर्ने बताए। आगामी चुनावमा गठबन्धन असफल भएमा नेपालको संसद फेरि पनि विघटन हुन सक्ने सम्भावना भएकाले गर्ने सचेत हुन जरुरी रहेको बताए। ओलीलाई जिताएमा फेरी देशमा दुर्घटना हुन सक्ने भएकाले जितेर गठबन्धन सरकारले पाँच वर्ष चलाउने जिकिर गरेका छन्। आर्थिक रूपमा सक्षम भएकाले नवलपरासीमा मल कारखाना खोल्न विनोद चौधरीलाई चौधरीलाई जिताउनु पर्ने बताएका छन्।

कार्यक्रममा संबोधन गर्दै बिशिष्ट अतिथि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव संविधान बचाउन एक किसिमको जनमत संग्रह पनि भएको बताएका छन् उनले जनताको अभिमतको अवमुल्यन भएकाले मतदाताले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन्, कार्यक्रममा बोल्दै प्रचण्डले बिनोद चौधरीको बिजय गराएमा त्रिवेणी क्षेत्रको विकास हुने बताए। आमसभा बर्दघाट -१२ चौपताको खेल मैदानमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको सभाध्यक्षतामा सम्पन्न भएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।