ताजा अपडेट »

काँग्रेसमै बस्नुस तर सूर्यमा भोट हाल्नुस, मत खेर नफाल्नुस : भोजप्रसाद

मंगलबार, २९ कार्तिक २०७९, १५ : ५२
11 Shares

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही-२(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाब दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उनले काँग्रेसमै रहे पनि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् । 'नेपाली काँग्रेसका मित्रहरु यो क्षेत्रमा तपाईका उम्मेद्वार छैनन् त्यसैले तपाईहरु काँग्रेसमै बस्नुस तर भोट सूर्यमा हाल्नुस, आफ्नो मत खेर नफाल्नुस ।'-नेता श्रेष्ठले भने । कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँग-सँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उनले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् । 

आगामी मंसिर-४ को निर्वाचलनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भब रहेको बताउँदै उनले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।