ताजा अपडेट »

कपिलवस्तु २ (ख) मा श्रीवास्तव र पाण्डेयबीच कडा प्रतिस्पर्धा

मंगलबार, २९ कार्तिक २०७९, १४ : ५१
21 Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लामा पनि चुनावी महोल तातेको छ । चुनाव कसरी जित्ने भने सबै नेताहरुले तिव्र गतिमा घरदैलो कार्यक्रम गरिरहेको पाइन्छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं २(ख) मा नेकपा एमाले पार्टी बाट धर्म बहादुर श्रीवास्तव र नेपाली कांग्रेस पार्टी बाट सुधाकर पाण्डेय बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गत २०७४ सालको निर्वाचनमा स्वतन्त्र राजनीतिक समुह (हाल एमाले ) बाट धर्म बहादुर श्रीवास्तवले चुनाव जीतेका थिए । नेपाली कांग्रेस पार्टी का सुधाकर पाण्डेय उपविजेता बनेका थिए ।नेपाली कांग्रेसका सुधाकर पाण्डेयले १० हजार ५० मत ल्याएर दोस्रो स्थानमा थिए भने स्वतन्त्र राजनीतिक समुह बाट धर्म बहादुर श्रीवास्तवले १० हजार ४३६ मत ल्याएर विजयी भएको थिए । त्यही क्षेत्र नं २ (क) मा दुवै पार्टीले पुरानै अनुहार चुनावमा अगाडि सारेको छ ।

एमाले बाट उमेदवार बनेका श्रीवास्तव ले ५ बर्षमा गरेको कामको आधार सर्वसाधारणले मलाई नै भोट दिइएर विजयी बनाउछन भन्ने विश्वास रहेको कुरा बताउनु भयो । जनताहरुको सुखदुःख मा साथ दिदै आएका छन् । उता कांग्रेस बाट उमेदवार बनेका पाण्डेय चुनाव लड्दै छन् ।

कांग्रेस पार्टी पाण्डेय पनि प्रभावशाली नेता को रुपमा चर्चित रहेका छन् । स्थानीय चुनावमा कांग्रेसले कपिलवस्तु नगरपालिका मेयर मा पनि जित निकाल्न सकेको छैन ।कपिलवस्तु निर्वाचन क्षेत्र नं २ (ख) मा नेकपा एमाले पार्टी एक्लै चुनाव लड्दै छ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेस , माओवादी , नेकपा ९ एस ० मिलेर चुनाव लडिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।