ताजा अपडेट »

करिश्माले एमाले उम्मेदवार होइन, रेखा थापालाई मागिन् भोट

मंगलबार, २९ कार्तिक २०७९, १३ : २८
19 Shares

काठमाडौं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।

सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा.सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी छन् । ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ डिस्ट्रिक्टलाई आग्रह गर्दछु,’ करिश्माले लेखेकी छन् । उनले कलाकार र महिलाको हिसाबमा रेखालाई भोट गर्न भनेकी छन् । 

स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् । तर, एमालेले उनलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । उनी एमालेको चुनाव प्रचारप्रसारमा त्यति सक्रिय भएकी छैनन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।