१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

काठमाडौ । अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए। 

‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडिन्छन’, उनले भने, ‘फिल्ममा देखिएका सम्बन्ध र नातालाई आफूलाई समेत नियाल्न प्रेरित गर्छ । म केही स्थानमा भावुकसमेत भएँ ।’उनले एक्लोपनमा खोजिने साथलाई फिल्मले प्रस्ट्याएको बताए । ‘हामीले उमेर हेरेर गरिएको विवाह बारे सतही टिप्पणी गर्ने गर्छौं । तर एक्लोपनलाई साथ चाहिन्छ । किनकि भावनात्मक सम्बन्धको खाँचो सबैलाई हुन्छ’, उनले भने । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले अभिनेता हमाललाई प्रतिक्रियाको लागि धन्यवाद दिए । ‘उहाँले फिल्म हेर्दै हुनुहुन्छ भन्नेमै उत्साहित थियौं । हामीले भन्न खोजेको कुरा दृश्यमार्फत उहाँसम्म पुगेको पाउँदा झनै उत्साहित छौं’, उनले भने । 

अभिनेता हमालले फिल्ममा अभिनय गरेका कलाकारसहित नयाँ अनुहारद्वय अरुण क्षेत्री र अञ्जना बराइलीको समेत खुलेर प्रशंसा गरे । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टलगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार