ताजा अपडेट »

बढ्यो सुनचाँदीको मूल्य

मंगलबार, २९ कार्तिक २०७९, ११ : ३८
12 Shares

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबार प्रतितोला ९७ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ९८ हजार २ रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।