ताजा अपडेट »

विवाहको दबाबपछि गर्लफ्रेन्डको हत्या, शवको ३५ टुक्रा पारेर जंगलमा

सोमबार, २८ कार्तिक २०७९, २० : ३९
7 Shares

दिल्ली पुलिसले सोमबार हृदय विदारक हत्याकाण्डको खुलासा गरेको छ । करिब ६ महिनाअघि मे २२ तारिखमा लिभ इन पार्टनर अफताबले २६ वर्षीया प्रेमिका श्रद्धाको निर्ममतापूर्वक हत्या गरेका थिए ।

उनले श्रद्धाको शव आराले टुक्राटुक्रा परेका थिए । ती टुक्राहरू राख्न भनेर उनले नयाँ फ्रिज ल्याएका थिए भने गन्धलाई कम गर्न धूप बाल्ने गर्थे । १८ दिनसम्म हरेक रात २ बजे उठेर उनले शवका टुक्रा जंगलमा फालेका थिए । प्रहरीले शनिबार अफताबलाई पक्राउ गरेपछि उनले श्रद्धाको हत्याको सनसनीपूर्ण कथा सुनाएका थिए । अदालतले अफताबलाई ५ दिनको प्रहरी हिरासतमा पठाएको छ ।

प्रहरीका अनुसार अफताब एक फुड ब्लगर थिए । दुई जनाको भेट मुम्बईको एक कल सेन्टरमा काम गर्दा भएको थियो । त्यहाँ काम गर्दा उनीहरु प्रेममा परे तर परिवारले सम्बन्ध स्वीकार नगरेपछि उनीहरु दिल्लीमा सरेर लिभइनमा बस्न थालेका थिए । श्रद्धाले विवाहका लागि अफताबलाई दबाब दिन थालेपछि उनले हत्या गरेको प्रहरीको भनाई छ । 

घटना हुनुअघि अफताबले अमेरिकी क्राइम शो डेक्सटर लगायतका धेरै क्राइम फिल्म र शो हेरेको प्रहरीलाई उद्धृत गर्दै स्रोतले बताएको छ । त्यसपछि मात्र उनले श्रद्धाको हत्या गरी उनको शरीरलाई ३५ टुक्रा पारिदिएका थिए । शरीरका अङ्ग सुरक्षित राख्न बजारबाट ठुलो फ्रिज पनि किने । उनी हरेक दिन फ्रिजबाट केही टुक्रा निकालेर जङ्गलमा फाल्न जान्थे । यो प्रक्रिया १८ दिनसम्म चल्यो । 

डेक्सटर एक अमेरिकी अपराध नाटक र मनोवैज्ञानिक थ्रिलर शो हो जुन २००६ देखि २०१३ सम्म प्रसारित भएको थियो। यसमा ८ सिजनहरू छन्। शोको मुख्य पात्र डेक्सटर मोर्गनले दिनमा प्रहरीका लागि फरेन्सिक प्राविधिकको रूपमा काम गर्थे भने राति उनी बर्बर अपराध गर्ने अपराधीहरूलाई हत्या गर्न सिरियल किलरको रूपमा काम गर्थे ।-दैनिक भास्कर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।