ताजा अपडेट »

मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन दिने छैनौं : एमाले उपाध्यक्ष पौडेल

सोमबार, २८ कार्तिक २०७९, १६ : ०८
20 Shares

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्य विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको ईच्छा र अपेक्षा अनुसारनै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै पनि संकोच नमान्न आग्रह गरे । स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई बुझेर सोही अनुसारको बिकास पूर्वाधार निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए ।

संयुक्त मधेशी समाजले सोमबार बुटवलमा आयोजना गरेको बृहत मधेशी भेलालाई सम्बोधन गर्दै पौडेलले सबै जात–जाती धर्म समुदायलाई समेट्नेगरी भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास आजको आवश्यकता रहेको औल्याए । आगामी मंसिर–४ को निर्वाचनमा निसंकोच सूर्यमा मतदान गर्न आग्रह गर्दै एमालेले जनताको मतलाई खेर जान नदिने दाबी गरे । मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने क्षमता एमालेसँग भएको बताउँदै उनले सूर्यमा भतदान गरेर सही निर्णय गरिएछ भन्ने अनुभूति जनतलाई दिलाएरै छाड्ने प्रतिवद्धता दोहोर्याए । शिक्षा तथा स्वास्थ्यको विकास तथा सीपमूलक प्राविधिक शिक्षालयहरुको निर्माण गरी रोजगार तथा स्वरोजगार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।

लाखौ युवाहरु रोजगारका लागि विदेशीनु पर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताउँदे उनले मुलुक भित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्योग कलकारखानाको स्थापना, पर्यटन व्यवसायको प्रवर्द्धन तथा युवाहरुको सीप र क्षमताको विकास गरी मुलुकलाई आर्थिक समृद्धिको यात्रातर्फ लैजानुपर्ने उनले बताए । यसैगरी सबै जातजाती र धर्म समुदायप्रति राज्यले समान दृष्टिकोण राखेर उनीहरुको विकासमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।