ताजा अपडेट »

गुल्मीको मुसीकोटमा कांग्रेस त्यागी ५० जना बढी एमालेमा प्रवेश

सोमबार, २८ कार्तिक २०७९, १३ : ४४
20 Shares

बुटवल । गुल्मीको मुसिकोट नगरपालिकामा कांग्रेस पार्टी परित्याग गरी सोमबार ५० बढी एमालेमा प्रवेश गरेका छन् । नगरपालिकाको वार्ड नं. ३ पेगामा भएको चुनावी अभियानको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटिका सदस्य एवम् मुसिकोट नगरपालिकाका कार्यसम्पादन कमिटीका सदस्य ज्ञान बहादुर जि.सि सहित ५० बढी एमालेमा प्रवेश गरेका हुन ।

उनीहरु सबैलाई पूर्वमन्त्री तथा गुल्मी–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुले जनताको मर्म, आवश्यकता र विकासको काम एमाले पार्टीले मात्र गर्ने भएकाले एमाले रोजेको बताएका थिए ।

सोही अवसरमा नेता बिष्टले जनताका आवश्यकता पूरा गर्ने जिम्मेवारी एमालेले लिने बताउँदै ४ मंसिरमा हुने निर्वाचनमा सुर्यमा मतदान गर्न सबैलाई आग्रह गरे । आफू मन्त्रिमण्डलमा रहँदा वा सांसद भएको अवस्थामा गुल्मेली जनताको सिर नझुक्ने गरी काम गरेको बताउँदै नेता विष्टले जनताको सेवक बनेर फेरी काम गर्ने प्रतिबद्धता मतदाता सामु गरे ।

उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, विद्यालयका भवन निर्माण, सिचाई, कुलो, मठमन्दिर लगाएका पुर्वधारमा आफुले बजेट विनियोजित गरेर धेरै कार्य भएको भन्दै बाँकी काम पनि निर्वाचित हुन साथ गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।