ताजा अपडेट »

नेपाललाई युएईको मध्यम लक्ष्य

सोमबार, २८ कार्तिक २०७९, १३ : २१
24 Shares

काठमाडौं । तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनायो । युएईका लागि अलराउन्डर रोहन मुस्तफाले अर्धशतकिय पारी खेले । उनले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन जोडे । 

ओपनरद्वय मोहम्मद वसीम र वृत्य अरविन्दले क्रमश: ४४ र ४० रनको योगदान गरे । कप्तान सीपी रिजवान २ रनमै आउट भए । अलिशान शराफुले २९, बासिल हमिदले १४, आयान अफजल खानले २६, अहमद रजाले २७, जुनैद सिद्दीकले १ रन बनाए । नेपालका लागि गुलसन झाले दुई विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।